नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 685 · वि.सं. २०२९

नि.नं. 685 — बन्धकी जग्गा खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भोगबन्धकी पास गराई लिने साहूको लिनु दिनु भएकै मितिदेखि भोगबन्धकी थैली नतिरेसम्म जग्गा धनी सरहै जग्गा भोग गर्न पाउने हक कायम हुने । भोगबन्धकीमा लिने साहूको जग्गामै हक कायम हुन नसक्ने हुनाले जग्गा तेरो मेरो भन्ने झगडा उठेकोमा बन्धकी दिने आसामीले नै नालिस गरी जग्गामा आफ्नो हक कायम गराउन सक्नुपर्ने बन्धकी लिने साहूको नालिसबाट तेरो मेरो हक बेहकको निर्णय दिन नमिल्ने भन्ने निवेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ताले बहसमा जिकिर लिनुभएको हकमा भोगबन्धकी पास गराई लिने साहूको लिनु दिनु भएकै मितिदेखि भोगबन्धकी थैली नतिरेसम्म जग्गाधनी सरहै जग्गा भोग गर्न पाउने हक साहूकै कायम हुने कुरा हो मैले भोगबन्धकी पास गराई लिएको जग्गामा प्रतिवादीले कोदोको बिउ लगाई रोपी खिचोला गरेको हुँदा मेरो थैलीउपर नभएसम्म जग्गामा विपक्षको खिचोला मेटाई मेरो भोगबन्धकी हक सदर गराई पाउँ भन्ने वादीको मुख्य दावी भएको र बन्धकी दिने भनेको आनन्दे भन्ने अम्बरबहादुर तामाङ पेट बोलीबाट बुझिएकोमा आफूले भोगबन्धकी पास गरिदिएको सकार गरी मेरो दर्ताको जग्गा थैली नतिरेसम्म गंगाप्रसादको बन्धकी कायम गरी खिचोला मेटाई पाउँ भन्ने दावी लिई बयान गरेको समेत यस स्थितिमा विद्वान अधिवक्ताको उपरोक्त बहस जिकिरसँग सहमत हुन मिलेन । (प्र.नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.685
मुद्दाको विषयबन्धकी जग्गा खिचोला
निर्णय वर्ष / मिति2029/02/27
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री झपटसिंह रावल
उद्धरण सन्दर्भने.का.प. २०२९, नि.नं. 685
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्