नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 684 · वि.सं. २०२९
नि.नं. 684 — डाटिलाई कर्तव्य पारी मारी वेपत्ता पारे
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) लाससहित अन्य सबूद नपाइएकोमा अपराध गरेको ठहराउन र सजाय गर्न न्यायसंगत नहुने । तसर्थ प्रतिवादीहरूले डाटीलाई कर्तव्य गरी मारे मराएको भन्ने कुराको गणेशकुमारीको लेखबाहेक अन्य कुनै तथ्य सबूद प्रमाण केही देखिन नआएको गणेशकुमारीको भनाई माथि लेखिएबमोजिम कुरा फरक परी प्रमाणमा लिन शंकायुक्त देखिएको हुनाले लाससहित अन्य सबूद नपाइएको गवाहीको लेख बयान शंकारहित हुन बेगर प्रतिवादीहरूले कसूर अपराध गरेको भनी ठहराउन र सजाय दिन न्यायसंगत भएन, कसूर ठहराई सजाय दिने गरेको काठमाडौं विशेष अदालतको ०२१।५।१३।६ को र डिभिजन बेञ्चको ०२४।१।२१।५ को फैसला मिलेको नदेखिँदा अरु तपसीलबमोजिम गर्नु । (प्र.नं. ३५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 684 |
|---|---|
| मुद्दाको विषय | डाटिलाई कर्तव्य पारी मारी वेपत्ता पारे |
| निर्णय वर्ष / मिति | 2028/08/17 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२९, नि.नं. 684 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
