नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6833 · वि.सं. २०५६
नि.नं. 6833 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आफूलाई संधै गाली गलौज गरी रहने हुंदा सोही रिसले मार्ने उद्देश्य राखी निज निदाएपछि पिराले प्रहार गरी मारेको भनी अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागजमा र अदालत समक्ष समेत कसुर गरेको कुरामा सावितै रही प्रतिवादीले वयान गरेको देखिन्छ । प्रतिवादीको कथनलाई चन्द्रमणि दाहाल र वस्तुस्थिति मुचुल्काका नरेन्द्र प्रसाद भण्डारी समेतले समर्थन गरेको पाईन्छ । किटानी जाहेरी दरखास्त र प्रतिवादीको स्वीकारोक्तीको समर्थनमा जुटेका अन्य प्रमाण समेतका आधारमा मृतक दधिराम को मृत्यु प्रतिवादी गोपाल प्रसादकै कर्तव्यबाट भएको भन्ने कुरा स्थापित भएको छ । प्रतिवादीले आफ्नो वयानमा दधिराम र आफू नजिकै सुतेको र निज दधिराम ले संधै गाली गलौज गर्ने कारणबाट रिस उठी प्रहाचर गरेको भनेतापनी दधिरामले संधै गाली गलौज गर्ने गरेबाट मृतकसंग रिसइवी रहेको र उक्त दिन पनि मृतक निदाएपछि काठको पिराले हिकाई मारेको भनी भनेको स्थितिमा निदाई रहेको अवस्थाको व्यक्तिलाई प्रहार गर्ने प्रतिवादीले तत्काल उठेको रिस थाम्न नसकी प्रहार गरेको भनी आदेश प्रेरित हत्याको सुविधा पाउने अवस्था नहुने । (प्र.नं. १८) वादी तर्फकाटः
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6833 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2056/05/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6833 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
