नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6832 · वि.सं. २०५६
नि.नं. 6832 — सटृापटृा लिखत वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति वेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफूखुसी गर्न पाउने अरुको मन्जुरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघरका अंशियार सवै साक्षी वसेको वा निजहरुले मंजुरीको लिखत गरिदिएको भएमात्र पक्का ठहर्छ भन्ने लेनदेन व्यवहारको १० नं. ले कानूनी व्यवस्था गरेको देखिन्छ । सो कानूनी व्यवस्था अनुसार कौशीलाले लिखत गर्दा वादीको मंजुरी लिएको वा निजलाई साक्षी राखेको समेत देखिन आउंदैन । सट्टापट्टाको लिखत गर्दा घरका मुख्य मालिकलाई राजि गराई साक्षी राखी सट्टापट्टाको लिखत गरेको भन्ने प्रतिवादी जिकिरको हकमा लेनदेन व्यवहारको १० नं.ले गरेको लिखत पक्का गराउन सगोलको अंशियारको मंजुरी लिनुपर्ने वाध्यात्मक कानूनी व्यवस्था अमान्य हुन सक्ने गरी सट्टापट्टाको लिखत गर्न लेनदेनको ३६ नं. ले कानूनी व्यवस्था गरेको देखिदैन । तसर्थ दावी वमोजिम निज वादीको हक सम्मको ४ भागको १ भाग सट्टापट्टाको लिखत वदर हुने ठहर्याएको पुनरावेदन अदालत पोखराको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6832 |
|---|---|
| मुद्दाको विषय | सटृापटृा लिखत वदर । |
| निर्णय वर्ष / मिति | 2056/07/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6832 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
