नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6831 · वि.सं. २०५६
नि.नं. 6831 — लिखत दर्ता वदर दर्ता कायम ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पिता पुर्खाको पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सवै र अचलमा आधी सम्म घर व्यवहार चलाउन कसैको मंजुरी लिनु नपर्ने र अचलमा आधी भन्दा वढी भने व्यवहार चलाउनै परे एक्काइस वर्ष नाघेका स्वास्नी छोरा र समेतो मंजुरी लिनु पर्ने व्यवस्था अंशवण्डाको १९ नं. अन्तर्गत पर्छछ । अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति वेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफूखुसि गर्न पाउने अरुको मन्जुरी लिनु नपर्नेमा वाहेक अरुमा एका घरका अंशियार सवै साक्षी वसेको वा निजहरुको मन्जुरीको लिखत गरि दिएको भएमात्र पक्का ठहर्छ भन्ने कानूनी व्यवस्था लेनदेन व्यवहारको १० नं. मा व्यवस्था गरिएको छ । प्रस्तुत लेनदेन व्यवहारको १० नं. अन्तर्गतको मुद्दामा मन्जुरी लिनु पर्ने देखिन्छ । प्रस्तुत मुद्दामा पारित लिखतमा घरको मुख्य व्यक्ति साक्षी मात्र वसेको र अन्य अंशियार साक्षी समेत वसेको नदेखिंदा निजहरुको मन्जुरी रहे भएको मान्न नमिल्ने । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6831 |
|---|---|
| मुद्दाको विषय | लिखत दर्ता वदर दर्ता कायम । |
| निर्णय वर्ष / मिति | 2056/03/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6831 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
