नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6830 · वि.सं. २०५६

नि.नं. 6830 — अपुताली हक कायम ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मथुरा मुराउको छोरी तिर्था भएको तथ्यमा कुनै विवाद नभएपछि वावुको मृत्यु हुनासाथ कानूनले साख्यात छोरी तिर्थाको अपुताली हक कायम भएको मान्नु पर्ने हुन्छ । वावु मथुराको मिति ०४२।७।२७ मा मृत्यु भए पश्चात वावुको अपुताली सम्पतिको नामसारीको लागि मालपोत कार्यालय कपिलवस्तुमा मिति ०४२।१२।१८ मा दरखास्त दिएको र सो निवेदनको आधारमा मालपोत कार्यालयले कारवाही शुरु गरेको पाइन्छ भने प्रतिवादीले नामसारीको लागि धेरैपछि ०४६।३।२१ मा मात्र आएर निवेदन दिएको देखिन्छ । अपुताली हक नामसारी नहुदैमा हकनै कायम नहुने भन्न मिल्दैन । नामसारी भनेको त नियमित गराउने सम्मको कृया हो । अतएव मृतक मथुराकी छोरी तिर्थामा स्थापित भैसकेको अपुताली निजपछि निजकै हकदारमा निस्कृत हुने हुंदा वादीको हक कायम हुने हुंदा कपिलवस्तु जिल्ला अदालतको इन्साफ मनासिव ठहर्ने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6830
मुद्दाको विषयअपुताली हक कायम ।
निर्णय वर्ष / मिति2056/06/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6830
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्