नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 683 · वि.सं. २०२९
नि.नं. 683 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सञ्चालक समितिलाई बर्खास्त गर्ने अख्तियार रहेकोमा जनरल मैनेजरले बर्खास्त गरेको अनाधिकार तरिकाले गरेको हुने । उक्त नेपाल बैंक नियमबमोजिम सहायक सुपरिवेक्षकलाई बर्खास्त गर्ने अख्तियार बैंकको सञ्चालक समितिलाई रहेकोमा निवेदकलाई जनरल मैनेजरले बर्खास्त गरेको र सो कुरा सञ्चालक समितिले स्वीकार गरेको छ जुन अधिकारीले बर्खास्त गर्न पाउने हो उसले स्वीकारसम्म गरेको देखियो । बर्खास्त गर्न निमित्त जति विधि अपनाउनु पर्ने हो त्यो कुरा जनरल मैनेजरले अपनाउँदा अनाधिकार तरिकाले गरेको हुन्छ बर्खास्त गर्ने सञ्चालक समितिले कुनै पनि कारवाई गरेको छैन, यस्तो अनाधिकार बर्खास्तीलाई मञ्जुर गर्न कानूनले बाधा दिन्छ यी कर्मचारीहरू नियमले नियुक्ति र बर्खासी हुने हुनाले नियमबमोजिम आफूमा व्यवहार भएन भने त्यस्तो नियमबमोजिम गराई माग्ने हक रहन्छ । (प्र.नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 683 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2028/12/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री झपटसिंह रावल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२९, नि.नं. 683 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
