नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6829 · वि.सं. २०५६

नि.नं. 6829 — ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मृतक मिना शाहीलाई प्र.टिका कठायतले मार्नु पर्ने सम्मको रिस इवी कारण नभएको र जोखिमी हतियार पनि प्रयोग नभएको, लुकी चोरीकन प्रहार गरेको पनि नदेखिएको र आफ्नो जग्गामा घास काटेको कुरामा तत्काल उठेको रिस थाम्न नसकी मार्छू भनी तल मिना शाहीलाई देख्दा देख्दै आवेशमा आई माथिबाट ढुंगा लडाउंदा सोही ढुंगाको चोट मिना शाहीको टाउको जस्तो जोखिम ठाउंमा लाग्न गई तत्कालै निजको मृत्यु भएको देखिंदा ज्यान सम्वन्धी १३ नं. आकर्षित हुन नसक्ने । § मिना शाहीको मृत्यु आफूले पाली राखेको खरकिलो जग्गामा मनाही गर्दा पनि अटेर गरी घांस काटी रहेको कारणबाट तत्काल रिस उठी सोही रिसको आवेशमा तल तिर घांस काटी रहेको मिना शाही समेतका व्यक्तिहरु भएको थाहा हुंदा हुंदै माथिबाट ढुंगा लडाई सोही लडाएको ढुंगा मिना शाहीको टाउकोमा लाग्न गई सोही चोटबाट मिना शाहीको मृत्यु भएको भन्ने कुरा मृतक मिना शाहीलाई लागेको चोट तथा लाश जांच प्रकृति मुचुल्का शव परीक्षण प्रतिवेदन एवं चश्मदित भनिएका जनक बहादुर शाही, फुयान शाही, डल्ली दमिनीको प्रहरी समक्ष गरेको कागज एवं अदालत समक्ष गरेको वकपत्रबाट पुष्टि हुन गएको समेतबाट प्रतिवादी टिका कठायतलाई ज्यान सम्वन्धी महलको १४ नं. वमोजिम १० वर्ष कैदका सजाय गर्ने ठहर्याएको शुरु अछाम जिल्ला अदालतको फैसला सदर भै पुनरावेदन अदालत दिपायलबाट भवितव्य ठहराई सजाय गरेको इन्साफ मिलेको नदेखिंदा सो हद सम्म उल्टी हुने । पुनरावेदक वादीः प्रत्यर्थी प्रतिवादीः

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6829
मुद्दाको विषयज्यान ।
निर्णय वर्ष / मिति2056/06/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6829
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्