नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6827 · वि.सं. २०५६
नि.नं. 6827 — अंश दपोट ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अंशवण्डाको ३५ नं.. ले अंश मुद्दामा तायदाती दिंदा नदेखाइ दवाए छिपाएको भनी यिनै प्रतिवादी उपर फिराद गर्न कुनै वाधा दिएको देखिन आउदैन । जहिले सुकै नालेश लाग्न सक्ने स्थितिमा अदालती वन्दोवस्तको ३६ नं. को उल्लेख भएकै कारणले अंशवण्डाको ३५ नं. को हदम्याद भित्र नपरेको भनी वादी दावी खारेज गर्न मिल्ने देखिदैन । तसर्थ अंशवण्डाको २७ नं. अन्तर्गत दावी गरी आएको हुंदा उक्त महलको ३५ नं. को हदम्याद भित्र परेको भनी फिराद खारेज गर्ने गरेकोलाई वदर गरी सवुद प्रमाणको मुल्यांकन गर्न मिसिल शुरु जिल्ला अदालतमा पठाउने ठहर गरेको पुनरावेदन अदालत सुर्खेतको फैसलामा कुनै परिवर्तन गर्न पर्ने अवस्था विद्यमान नदेखिंदा सदर हुने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6827 |
|---|---|
| मुद्दाको विषय | अंश दपोट । |
| निर्णय वर्ष / मिति | 2056/06/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6827 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
