नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6826 · वि.सं. २०५६

नि.नं. 6826 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मुलुकी ऐन ज्यान सम्वन्धिको १४ नं. वमोजिमको ज्यान लिनु पर्ने अवस्थाको वारदात नदेखिई ख्याल ठट्टामा श्रीमतीलाई जिस्काएकोमा लातिले हिर्काउदा डिलबाट खसी पछि भोलिपल्ट मृतकको मृत्यु भएको भन्ने देखिन आउंछ । प्रतिवादीले लात्तिले हानेकै कारणबाट मृत्यु भएको नभै डिलवाट खखेको चोटको कारणबाट मृत्यु भएको भन्ने देखिएकोले भवितव्य ठहराउने गरेको पुनरावेदन अदालत पाटनको फैसला मनासिव ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । निज मृतक हिरा वहादुर तामाङ मरी सकेको भन्ने उपरोक्त मिति २०५६।३।२९ को तामेलीबाट देखिन आएकोले अ.वं. १७६ नं. ले फैसला नहुंदै मरीसकेको व्यक्तिलाई खतवात नलाग्ने हुंदा केही गरी रहनु नपर्ने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6826
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2056/08/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6826
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्