नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6824 · वि.सं. २०५६

नि.नं. 6824 — अंश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मिति २०३८।१०।२७ मा राम वहादुर गिरीले आफ्नो श्री सम्पत्ति शेषपछि खाने गरी आफ्ना छोराहरु मध्ये भीमराज गिरी र चित्रराज गिरीलाई वक्सपत्र गरीदिएको र वादी प्रतिवादीले छुट्टा छुट्टै ७ नं. फाराम भरी आ आफ्नो नाममा जग्गा दर्ता तिरो भरो समेत गरी विक्रि व्यवहार समेत गरेको देखिन्छ । यसरी विक्री व्यवहार गर्दा भिन्न भएको व्यहोरा उल्लेख गरेको देखिन्छ । यसरी विक्रि व्यवहार गर्दा भिन्न भएको व्यहोरा उल्लेख गरेको देखिनुका साथै दर्ता समेत फुटी दाखेल खारेज गरी तिरो भरो आ आफ्नो दर्ता श्रेस्ता खडा गरी बसेको रसिद दर्ता एवं लिखतका प्रमाणहरुबाट समेत वादी धर्मराज गिरी र प्रतिवादी भीमराज गिरी मुलुकी ऐन अंशवण्डाको ३० नं. को कानूनी व्यवस्था अनुसार व्यवहार प्रमाणबाट भिन्न भई बसेको देखिन आयो । मिसिल सामेल रहेको जग्गा धनी दर्ता श्रेस्ताको प्रतिलिपि उतारबाट वादी धर्मराज गिरी र प्रतिवादी भीमराज गिरीको नाउंमा संयुक्त दर्ता भएका जग्गाका सम्वन्धमा कानून वमोजिम आ आफ्नो नाममा दर्ता नामसारी गर्न सकिने नै हुंदा सो वाहेक अन्य तथ्यबाट यी वादी प्रतिवादी भिन्न भई वसेको प्रतिपादित भिन्न भई वसेको प्रमाणित भइरहेको अवस्थामा वादीले प्रतिवादीबाट अंश पाउने नदेखिंदा वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरु काभ्रेपलान्चोक जिल्ला अदालतको इन्साफ मनासिव ठहर्‍याएको माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय मनासिव ठहर्ने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6824
मुद्दाको विषयअंश ।
निर्णय वर्ष / मिति2056/09/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री टोपवहादुर सिंह | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री | माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय मनासिव ठहर्ने । | माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्सालले अंश दिने ठहर्‍याउनु भएको रायमा सहमती नहुंदा स.अ. नियमावली २०४९ को नियम ३ (१)(क) अनुसार पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय । | माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय मनासिव ठर्हछ । वादीले प्रतिवादीबाट तीन भागको एक भाग अंश पाउने ठहर्‍याएको तत्कालिन म.क्षे.अ. को इन्साफ सदर गरेको यस अदालत संयुक्त इजलासको मिति २०४७।३।१ को फैसला उल्टी हुन्छ । अरुमा तपसिल वमोजिम गर्नु ।
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6824
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्