नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6822 · वि.सं. २०५६

नि.नं. 6822 — जालसाजी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मिति २०४५।१।१८।७ मा घरसारमा भएको धन जमानीको कागजलाई झुक्याई जालासाजीबाट खडा गरेको हुंदा विपक्षीलाई किर्ते कागजको १० नं. वमोजिम सजाय गरी पाउं भनि वादीले दावी लिएकोमा उक्त कागज राजीखुशीबाट गरिदिएको हो । जालसाजी गरेको होइन भनि प्रतिवादीले जिकिर लिएको देखिन्छ । मिसिल संलग्न रहेको मिति २०४५।१।१८ को विवादित लिखतको प्रतिलिपि हेर्दा उक्त लिखत साक्षीहरुको रोहवरमा वादी स्वयंले घरसारमा गरिदिएको देखिन्छ । अदालतको आदेशानुसार सो लिखत अ.वं. ७८ नं. अनुसार वादीलाई देखाउंदा सहिछाप गरेको हो सद्दे किर्ते भन्न सक्तिन भनि वयान गरेको देखियो । उक्त लिखत हुंदा गर्दाका अवस्थामा नेपाल वैंक लिमिटेड भण्डाराका कर्मचारीको संलग्नता रहे भएको देखिदैन भने नेपाल वैंक लिमिटेड एउटा संगठित संस्था भएकोले वैंक स्वयंले कुनै व्यक्तिको घरमा गई जालसाजी पूर्ण कार्य गर्ने अवस्था समेत रहदैन । जुन लिखतलाई झुक्याई जालसाजी गराए भनि वादीले दावी लिएको हो सो प्रमाणित गर्ने भार प्रमाण ऐन, २०३१ को दफा २५ वमोजिम वादीमा हुने । (प्र.नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6822
मुद्दाको विषयजालसाजी ।
निर्णय वर्ष / मिति2056/04/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री टोप वहादुर सिंह | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6822
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्