नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6821 · वि.सं. २०५६
नि.नं. 6821 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादी स्वंयले नै अभियोगबाट पूर्ण सफाइको माग गर्न नसकी केवल तत्काल उठेको रिस थाम्न नसकी लाठा ढुंङ्गाले प्रहार गर्दा भवितव्य भएको भन्ने कारण देखाई ज्यान सम्वन्धीको ६ नं. को देहाय (४) को सुविधा सम्म माग गरेको देखिन्छ । मुलुकी ऐन ज्यान सम्वन्धीको ६(४) नं. को कानुनी व्यवस्थाबाट हेर्दा रक्षा शिक्षा गर्नेले मर्नेको हितको निमित्त कुटपिट वा अरु कुनै काम कुरा गर्दा भवितव्यमा परेकोमा पचास रुपैयासम्म जरीवाना हुन्छ भन्ने व्यवस्था भइ रहेको देखिन्छ भने भवितव्यको परिभाषा गर्ने ज्यान सम्वन्धीको ५ नं. हेर्दा ज्यान लिने इविलाग वा मनसाय नभै कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्ता नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भै कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ भनी उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दाका प्रतिवादीले मृतकसंग पुर्व रिसइवी रहेको भन्ने कुरालाइ आफैले स्वीकार गरेको सर्न्र्दभलाइ समेत विचार गरिनु पर्ने हुंदा ज्यान सम्वन्धीको ५ नं. को व्यवस्था पनि निजको हकमा आकर्षित हुन सक्ने भन्न नमिल्ने । (प्र.नं. २४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6821 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2056/01/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6821 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
