नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6820 · वि.सं. २०५६

नि.नं. 6820 — अंश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मुलुकी ऐन, अंश वण्डाको १८ नं. वमोजिम मानो नछुटिईसंग वसेको अंशियार छन् भने जूनसुकै अंशियारले सगोलको सम्पत्तिबाट वा सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट वढे वढाएको संगोलको आर्जन र लनेदेन व्यवहारको महलको ८ नं. वमोजिम लगाएको ऋण सवै अंशियारलाई भाग लाग्छ भन्ने स्पष्ट उल्लेख भएकोले यी वादी प्रतिवादी वीच मुद्दा पर्दाको अघिल्लो दिनसम्मको संपूर्ण सम्पत्ति संगोलको सम्पत्ति नै कायम हुन आउंछ । विक्रि वितरणबाट प्राप्त गरेको जग्गालाई निजी आर्जनको जग्गा भन्ने जिकिरको सम्वन्धमा निजी आर्जन भन्नाले उक्त अंश वण्डाको १८ नं. वमोजिम कुनै अंशियारले आफ्नो ज्ञान वा शिप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वक्स पाएको वा कसैको अपुताली परेको वा स्त्री अंश धन महलको ५ नम्वर वमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफुखुशी गर्न पाउंछ भन्ने प्रावधान भएकोले विवादित विक्रि वितरणमा प्राप्त जग्गालाई निजी आर्जनको भनि पुनरावेदन अदालतले व्याख्या गरेको कानूनतः मिल्न नआउने । (प्र.नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6820
मुद्दाको विषयअंश ।
निर्णय वर्ष / मिति2056/05/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री ज्ञाइन्द्र वहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6820
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्