नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 682 · वि.सं. २०२९

नि.नं. 682 — जोताहा हक कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ऐनले लाग्न नसक्ने पुनरावेदन खारेज हुने । यस्तो मोहियानी हकको तेरो मेरो सम्बन्धी कुरामा झगडा परेको मुद्दा भूमिसम्बन्धी ऐन, ०२१ को थप दफा ३१ (क) अन्तर्गत पर्न आउने र त्यस्तो निर्णय उक्त दफा ३१ (क) अनुसार तोकिएको अदालतबाटै गरिने प्रष्टै छ । यो मुद्दा शुरु का.जि.अ.ले ०२५।४।१५।३ मा फैसला गर्दाको बखत प्रचलनमा रहेको ०२४ साल माघ ९ गतेको प्रकाशित श्री ५ को सरकार भूमिसुधार कृषि तथा खाद्य मन्त्रालयको सूचनाले दफा ३१(क) को प्रयोजनको निमित्त अदालतमा जिल्ला अदालतलाई तोकी राखेकोले प्रस्तुत मुद्दा का.जि.अ.ले उक्त सूचनाअनुसार आफूलाई तोकिएको अधिकार क्षेत्र भित्रको मुद्दा छिनेको भन्नमा कुनै शंका छैन यस्तो तोकिएको अदालतमा परेको मुद्दा मामिलामा सो अदालतले तोकिएको नाताले छिनेको तर भूमिसम्बन्धी ऐनको दफा ५५ ले कुनै अदालतमा पुनरावेदन लाग्न नसक्ने हुँदा प्रस्तुत मुद्दामा का.जि.अ.को ०२५।४।१५।३ को फैसलाउपर पुनरावेदन लाग्न सक्ने देखिँदैन । तसर्थ ऐनले लाग्न नसक्ने प्रष्ट देखी राखेको पुनरावेदन खारेज गर्ने गरेको ०२७।१०।५।२ को डिभिजन बेञ्चका मा.न्या.श्री धनेन्द्रबहादुर सिंहले व्यक्त गर्नुभएको राय मनासिव ठहर्छ का.जि.अ.को ०२२।४।१५।३ को फैसलाबमोजिम वादी कृष्णबहादुरलाई प्रतिवादी जगतबहादुरबाट भराई दिने गरेको कोर्टफी रू.१०। दश ०२५।११।२ मा सर्वोच्च अदालतमा धरौट दाखिल गरेको देखिँदा उक्त कोर्टफी भराई पाउँ भन्ने वादीको म्यादभित्र दर्खास्त परेमा सोही धरौट रहेकोबाट भराई दिनु भनी कानूनबमोजिम लगत दिई नियमबमोजिम मिसिल बुझाई दिनु । (प्र.नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.682
मुद्दाको विषयजोताहा हक कायम
निर्णय वर्ष / मिति2029/01/13
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिह | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहज्यूको राय र
उद्धरण सन्दर्भने.का.प. २०२९, नि.नं. 682
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्