नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6818 · वि.सं. २०५६

नि.नं. 6818 — ठगी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मुलुकी ऐन ठगीको महलको १ नं.. मा कसैले आफ्ना हक नपुग्ने अर्काको हकको चल अचल धनमाल हक पुग्नेलाई वा जसका जिम्मा रहेको छ, उसलाई ललाई फकाई वा जाल परिपंच गरी वा आफ्नो हक नभएको सम्पत्तिमा आफ्नो हक पुग्ने किर्ते कागज बनाई दिई वा पेश गरी वा आफूसंग नभएको कुरा आफूसंग छ भनि झुक्याई वा झुठो कुरालाई सद्दे हो भनी झुक्याई वा अरु जुनसुकै व्यहोरासंग धोका दिई गफलतमा पारी आफ्नो हक नपुग्ने अर्काको हकको चल अचल धनमाल लिए दिए दिलाएमा वा अर्काको माल मेरो हो भनी वा मेरो भएको छ भनी लिखत गरी वा नगरी सोही माल लिए दिए विक्रि व्यवहार गरेमा वा सट्टापट्टा गरी लिएमा ठगी गरेको ठहर्छ भन्ने उल्लेख भइरहेकाले राख्न दिएको कुरा ठगीको परिभाषा भित्र पर्न आएको समेत देखिएन । राख्न दिएको भन्ने सम्वन्धमा कानून वमोजिम उजुर परे ठहरे वमोजिम हुने नै हुंदा ठगीको परिभाषाभित्र नपरेको प्रस्तुत फिरादबाट कारवाई गर्न नमिल्ने भई खारेज हुने । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6818
मुद्दाको विषयठगी ।
निर्णय वर्ष / मिति2056/04/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6818
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्