नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6816 · वि.सं. २०५६
नि.नं. 6816 — अपुताली जग्गाको लिखत वदर गरी खिचोला मेटाई चलन चलाई पाउं ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ २०१६ सालको वण्डापत्रले प्यारी तिवारीन र मोति तिवारीनले आफ्नू हकको अंश जग्गा आफूखुश गर्दा अन्य अंशियारको स्वीकृति लिनु पर्ने भन्ने शर्त उल्लेख गरी वण्डापत्र पारीत गरेको देखिन्छ । सो शर्त ने.का.प. २०४६ नि.नं. ३८५० पृष्ठ ६३१ मा अंश हकको निर्वाधतालाइ शर्त राखेको कानुनी मान्यता विहिन हुने भन्ने समेत प्रतिपादित नजिरको विपरीत हुंदा सो शर्त कानुन विपरीत भै स्वतः निस्कृय हुने हुन्छ । साथै पियारी तिवारीन मरी सकेपछि निजको अंशको सम्पत्ति पुन ४ भाग गरी मिति ०४४।४।१२ मा वण्डापत्र पारीत भै सकेकाले एकातर्फ पियारीको मृत्यु भएपछि निज उपरको शर्तको तात्पर्य नै रहेन भने झन २०४४ को वण्डापत्रमा समेत शर्त उल्लेख नभएपछि उक्त शर्त वमोजिम मोती तिवारीनले वादीहरुबाट स्वीकृति लिनुपर्ने आवश्यकता नै नदेखिंदा शर्त वमोजिम स्वीकृति नलिइ वक्सपत्र गरेको वदर गरी पाउं भन्ने दावी पुग्न नसक्ने । (प्र.नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6816 |
|---|---|
| मुद्दाको विषय | अपुताली जग्गाको लिखत वदर गरी खिचोला मेटाई चलन चलाई पाउं । |
| निर्णय वर्ष / मिति | 2056/03/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6816 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
