नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6814 · वि.सं. २०५६
नि.नं. 6814 — लिखत वदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मुलुकी ऐन जग्गा मिच्नेको ९ नं. ले रोक्का भएको जग्गा लिन दिन नहुने र लिनुदिनु गरेकोमा मर्का पर्नेले नालिस गरी वदर गराउन पर्ने जग्गा मिच्नेको १८ नं. र ने.का.प. २०४१ अंक १२ पृष्ठ १०९० मा प्रकाशित नि.नं. २३०६ को पुण्यमाया भट्टराई विरुद्ध मालपोत कार्यालय झापा समेत भएको उत्प्रेषणको मुद्दा यस अदालतबाट प्रतिपादित सिद्धान्तवाट समेत देखिन आउंछ । २०३८।१०।२२ मा श्याम प्रसाद उप्रेतीले पहाड सिंहवाट राजिनामा पारीत गराइ लिएको विवादित कि.नं. १ को जग्गा रोक्का भएको अवस्थामा लिएको देखिएपनि त्यसबाट मर्का पर्ने व्यक्तिको जग्गा मिच्नेको ९ र १८ नं. अन्तर्गत नालिस परेको देखिदैन । जग्गा फुकुवा भएपछि २०३९।९।१९ मा खरिद गरी लिने यी वादी कृष्ण प्रसाद थपलियालाई २०३८।१०।२२ को लिखतबाट पहाड सिंहले प्रतिवादी श्याम प्रसादलाई हक हस्तान्तरण गरेकोबाट मर्का पुग्न गएको अवस्था हुने भन्न पनि मिलेन । मिति २०३८।१०।२२ को लिखत वदर नभइ कायम रही रहेको अवस्थामा स्वतः वदर हुने भन्न सकिने अवस्था माथि उल्लेखित कानुनी आधारबाट देखिदैन । मिति २०३८।१०।२२ को लिखत कायम नै रहेको अवस्थामा पहाड सिंहमा हक रहेको भनी मिति २०३९।९।१९ मा लिखत गरी दिन मिल्ने र पाउनेको जग्गामा हक पुग्ने भन्न नमिल्ने । (प्र.नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6814 |
|---|---|
| मुद्दाको विषय | लिखत वदर |
| निर्णय वर्ष / मिति | 2056/05/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री हरिश्चन्द्र्रप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6814 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
