नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6813 · वि.सं. २०५६
नि.नं. 6813 — जग्गा हक कायम दर्ता वदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ गुठी संस्थान कालिका गुठीका नाममा अस्थायी दर्ता गर्ने गरेको सम्वन्धमा वादीले नालिस दिंदा गुठीलाई प्रतिवादी बनाउनु पर्नेमा नवनाएको मिलेको नदेखिएको र अ.वं. १३९ नं. वमोजिम गुठी प्रतिवादी भएको अवस्थामा पनि गुठी संस्थान ऐन, २०३३ को दफा ६२ ले तत्कालीन अन्चल अदालतवाट प्रस्तुत मुद्दा कारवाही र किनारा गरिनु पर्ने अवस्थाको देखिएको छ । उपरोक्त आधारमा अधिकार क्षेत्र विहिन लमजुङ जिल्ला अदालतमा गुठीको मोही सन्त कुमारी उपर दिएको नालेसबाट इन्साफ गर्न नमिल्ने नै देखिंदा वादी दावी खारेज हुने ठहर गरी भएको पुनरावेदन अदालत पोखराको फैसला मिलेको देखिंदा मनासिव ठहर्ने । (प्र.नं.१६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6813 |
|---|---|
| मुद्दाको विषय | जग्गा हक कायम दर्ता वदर |
| निर्णय वर्ष / मिति | 2056/02/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री हरिश्चन्द्र्रप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6813 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
