नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6812 · वि.सं. २०५६
नि.नं. 6812 — वाली दिलाई मोही निष्काशन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादीको वावु प्रेम राउत वरैको नाममा दर्ता रहेको उक्त कि.नं. ४९ र ५ को जग्गा वावुको मृत्यु पछि छोराले सो जग्गाको वाली भराई पाउन दावी लिएकोमा वादीले सो जग्गाको वाली भरी पाउने ठहरिएको फैसला कायमै रहेको देखिन्छ । यसवाट वावुको मृत्युपछि छोराको हक सो जग्गामा स्थापित भएको छैन भन्न मिल्ने नदेखिंदा वावुको नामबाट छोराको नाममा जग्गा नामसारी भइ नसकेको भन्ने आधारमा मात्र मोही निष्काशन नहुने ठहर्याएको हद सम्मको पुनरावेदन अदालत, हेटौंडाको इन्साफ नमिलेकोले उल्टी भइ मोही निष्काशन समेत हुने । (प्र.नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6812 |
|---|---|
| मुद्दाको विषय | वाली दिलाई मोही निष्काशन |
| निर्णय वर्ष / मिति | 2055/12/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6812 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
