नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6810 · वि.सं. २०५६
नि.नं. 6810 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदक आशिश शेषले ०२४।१।१ मा वादी यो यो सम्पत्ति लिई छुट्टी भिन्न भएको भन्ने कुराको कुनै प्रमाण दिन सकेको पाइएन । त्यसैगरी व्यवहार वा लिखतबाट वण्डा भएको भन्ने प्रमाण गुजार्न नसक्नुको अतिरिक्त प्रतिवादीले भरेको मोहीको १ नं. लगतमा वादी समेतलाई सगोलमा देखाएको पाइन्छ । यसरी लिखतबाट नै सगोलमा देखिएपछि अन्य लिखत वा कुनै वलियो प्रमाणवाट प्रतिवादी जिकिर वमोजिम ०२४।१।१ मा वण्डा भएको भन्ने देखिन नआएको हुंदा समेत शुरु वांके जिल्ला अदालतको इन्साफ उल्टी गरी वादीले दावी वमोजिम अंश पाउने ठहराएको पुनरावेदन अदालत नेपालगंजको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6810 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2056/06/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री टोप वहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6810 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
