नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 681 · वि.सं. २०२९
नि.नं. 681 — डाँका
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) झगडीया झिकाउनेसम्मको आदेशलाई फैसलाको स्तरमा राखी रुलिङ्ग नमिलेको भन्न नमिल्ने । एक डिभिजन बेञ्चले एउटा कुनै कानूनी सिद्धान्त प्रतिपादित गरी छिनेको रुलिङ्गसँग अर्को कुनै डिभिजन बेञ्च सहमत नभएकोमा त्यस्तोलाई डिभिजन बेञ्चको रुलिङ्ग नमिलेको मानिने र उपरोक्त नियम ३३ को देहाय (ख) अनुसार फुल बेञ्चमा पेश गर्नुपर्ने हुन्छ, प्रसंगवस ०१९।८।२९।६ को डिभिजन बेञ्चको रुलिङ्गसँग ०२३।२।१३।५ को डिभिजन बेञ्चको रुलिङ्ग नमिलेको भन्न मिल्ने अवस्था छ छैन भन्ने कुरा पनि विचारणीय हुन आएको छ । त्यसतर्फ हेर्दा ०१९।८।२९।६ को डिभिजन बेञ्चले चोरीको ऐनबमोजिम डाँकाको वारदात कायम गरी सकेकोमा ०२३।२।१३।५ को डिभिजन बेञ्चले लुटपीटको ऐनबमोजिम लुटपीटको वारदात कायम हुने भनी लुटपीट ठहराई फैसला गरी अन्तिम निर्णय भए गरेको भए उक्त २ डिभिजनबञ्चको रुलिङ्ग नमिलेको भन्न मिल्ने अवस्था आउन सक्ने थियो । तर ०२३।२।१३।५ को डिभिजन बेञ्चले त्यस किसिम लुटपीटको वारदात ठहराई अन्तिम निर्णय भए गरेको नभई वारदातको रुपबाट लुटपीट कायम गर्नुपर्ने मुद्दालाई डाँकाको वारदात कायम गरी निर्णय भएको नमिलेकोबाट अ.बं.२०२ नं. बमोजिम छलफलको निमित्त वादीहरूलाई झिकाउने भन्ने कारवाईको रुपमा एउटा आदेशसम्म दिएको देखिन्छ । उक्त आदेशानुसार छलफलमा झगडीया झिकाई अर्को बेञ्चमा मुद्दा पेश हुँदा छलफलमा झगडीया झिकाउने बेञ्चकै राय कायम राखी फैसला गर्नुपर्ने बाध्यता नभएको र पुनः मुद्दाको सुनुवाई गर्ने बेञ्चले न्यायिक मन लगाई तथ्य र कानूनको विवेचना गरी आफ्नो निष्कर्षअनुसार अर्कै निर्णय दिन पनि सक्ने र सोही निर्णय अन्तिम मानिनेसमेत हुँदा अ.बं.२०२ नं. बमोजिम छलफलमा झगडीया झिकाउने सम्म कारवाईको रुपको ०२३।२।१३।५ को डिभिजन बेञ्चको आदेशलाई मुद्दाको अन्तिम निर्णय मानी १९।८।२९।६ को डिभिजन बेञ्चको फैसलाको स्तरमा राख्न नमिल्ने प्रष्टै छ यस स्थितिमा उक्त २ डिभिजन बेञ्चको रुलिङ्ग नमिलेको भन्न मिल्ने पनि देखिन आउँदैन । (प्र.नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 681 |
|---|---|
| मुद्दाको विषय | डाँका |
| निर्णय वर्ष / मिति | 2028/06/29 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहह | माननीय न्यायाधीश श्री जयदेव भट्ट |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२९, नि.नं. 681 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
