नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 680 · वि.सं. २०२९

नि.नं. 680 — गुठी धर्मलोप

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कानूनको अभावमा सिंगल बेञ्चको फैसला नजीर लिई अधिकार क्षेत्र भएको कायम गर्न नमिल्ने । यिनै वादी बरुणदास र प्रतिवादी बलीरामदास समेतको जग्गा खरीद बिक्री धर्मलोप मुद्दा महोत्तरी गुठी मालबाट हेरे छिनेकोमा अपील तह चल्दै आई ०१५।९।१८।६ मा सर्वोच्च अदालत पूर्व दौडाहा सिंगल बेञ्चबाट अन्तिम निर्णय भएको देखिएकोले सोही सरह यो मुद्दा माल गोश्वाराको अधिकार क्षेत्र नभएको भनी खारेज गर्न नमिल्ने भन्ने तर्क उठाइएको हकमा कानूनको अभावमा सिंगल बेञ्चको फैसलाको नजीर लिई त्यसबाट माल गोश्वाराको अधिकार क्षेत्र भएको कायम गर्न मिल्दैन । (प्र.नं. १७) (२) अ.बं.३५ नं.–आफ्नो अधिकार क्षेत्र नभएको मुद्दा हेरे छिनेको बदर हुने । आय र कर अदालतले आफ्नो अधिकार क्षेत्र नभएको भनी सारी पठाएको पुनरावेदन सर्वोच्च अदालतले हेरी निर्णय दिन नमिल्ने भन्ने यस बेञ्चका सहयोगी मा.न्या.श्री विश्वनाथले राय व्यक्त गर्नु भएको हकमा यस्तै प्रश्न उठी फुल बेञ्चसम्म आएको दे.फु.नं. ११२ वादी नारायणदास प्रतिवादी ले.ज.माधव शमशेरको जिमिदारी जिरायत मुद्दामा आय र कर अदालतले पठाएको पुनरावेदन सर्वोच्च अदालतले हेरी निर्णय दिन हुने सिद्धान्त प्रतिपादित भई ०२८।८।३।६ का फुल बेञ्चबाट निर्णय भइसकेको हुँदा र पक्षले पनि यो प्रश्न नं. उपस्थित नगरेकाले उक्त प्रश्न यो मुद्दामा उठाउनु अप्रासंगीक हुन्छ । तसर्थः आफ्नो अधिकारक्षेत्र नभएको मुद्दा हेरे छिनेको अ.बं.३५ नं.ले बदर हुने हुँदा सो अनुसार माल गोश्वाराले हेरेछिनेको खारेज हुने ठहराई ०२५।१०।१७।५ को डिभिजन बेञ्चले छिनेको मनासिवै छ । कोर्टफी राखेकोले मुद्दा दोहर्‍याईएमा अरु सजाय गर्नु परेन नियमबमोजिम मिसिल बुझाई दिनु । (प्र.नं. १९,२०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.680
मुद्दाको विषयगुठी धर्मलोप
निर्णय वर्ष / मिति2029/01/30
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्या
उद्धरण सन्दर्भने.का.प. २०२९, नि.नं. 680
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्