नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 679 · वि.सं. २०२९

नि.नं. 679 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) लेनदेन व्यवहारको ६ नं.–ब्याज नलेखिएको भन्न मिल्ने अवस्थाको लिखत नभए लेनदेन व्यवहारको ६ नं.को प्रश्न उठाई ब्याज नपाउने अर्थ गर्न नमिल्ने । लेनदेन व्यवहारको ६ नं.मा लिखतमा ब्याज नलेखिएकोमा ब्याज पाउँदैन भन्ने उल्लेख भएको कुरालाई आधार लिई वादी दावीको लिखतमा जग्गा भोग गर्न नपाएकोमा ब्याज पनि दिने शर्त नभएकोले ब्याज नपाउने भन्ने मा.न्या.श्री चन्द्रप्रसादले आफ्नो राय व्यक्त गर्नुभएको हकमा रजिष्ट्रेशनको ६ नं.लाई अलग राखी उक्त लेनदेन व्यवहारको ६ नं.लाई मात्र ध्यानमा लिई हेर्ने हो भने पनि वादी दावीको लिखतमा ब्याजको कुरा उल्लेखै नभएको नभई सो जग्गा भोग गरुन्जेल साहूले ब्याज र आसामीले आयस्ता खोज्न पाइने छैन भन्ने उल्लेख गरी साहूले जग्गा भोग गरेकोमा सम्म ब्याज नपाउने शर्त राखेकोले साहूले जग्गा भोग गर्न नपाएकोमा ब्याज पाउने मनसाय राखी उक्त लिखत भए गरेको प्रष्ट हुन्छ । ब्याज नलेखिएको भन्न मिल्ने अवस्थाको लिखत नभएकाले यसमा उक्त लेनदेन व्यवहारको ६ नं.को प्रश्न उठाई ब्याज नपाउने भन्ने अर्थ गर्न मिल्दैन । (प्रकरण नं. १२) (२) लेनदेन व्यवहारको २३ नं.–लिखत रजिष्ट्रेशन पास हुन नसकी कपाली हुने भई साहूले भोग गर्न नपाएको देखिन आएमा लेनदेन व्यवहारको २३ नं.को विवेचना गर्नु प्रासंगिक नहुने । जहाँसम्म लेनदेन व्यवहारको २३ नं.को प्रश्न छ त्यसमा भोग गर्न नपाउने केही कुराले लेखिएको कुरा कच्चा ठहर्न गयो भने लिखत भए लिखतबमोजम हुन्छ लिखत नभए पनि सावाँ र ऐनबमोजिम ब्याजसमेतमा साहूले दावी गरी लिन पाउँछ भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा भोग गर्न नपाउने केही कुराले लेखिएको कुरा कच्चा ठहर्न गई साहूले भोग गर्न नपाएको भन्ने नभई लिखतै रजिष्ट्रेशन पास हुन नसकी कपाली हुन गएकोबाट लिखतमा लेखिएको घरजग्गा साहूले भोग गर्न नपाएको देखिन आएकोसमेत हुँदा उक्त लेनदेन व्यवहारको २३ नं.को विवेचना गरिरहनु प्रासंगिक छैन । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.679
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2029/01/20
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिह | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधानले डिभिजन बेञ्चमा प्रकट गर्नुभएको देखिन्छ । त्यसको विपरित | माननीय न्यायाधीश श्री जयदेव भट्टले राय व्यक्त गर्नुभएको देखिन्छ । भोगबन्धकी लिखत म्यादभित्र रजिष्ट्रेशन पास हुन नसकी थैली कपाली भएकोमा कानूनले नै साहूको ब्याज भरी पाउने हुनाले लिखतमा ब्याज भराउने कुरा नलेखिएता पनि कानून अनुसार साहूले ब्याजमा दावी गर्न पाउँछ भन्ने भन्ने तर्क यस सम्बन्धमा प्रस्तुत भएको छ । यसप्रकार उक्त दुई रायहरूमध्ये एउटाले लेनदेन व्यवहारको महलको ६ नं.
उद्धरण सन्दर्भने.का.प. २०२९, नि.नं. 679
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्