नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6785 · वि.सं. २०५६
नि.नं. 6785 — लिखत वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मुलुकी ऐन, लेनदेन व्यवहारको ४० नं. को व्यवस्था हेर्दा हदम्याद लाग्दैन भनेको कुरामा वाहेक अरुमा भए गरेका मितिले २ वर्ष भित्र नालिस नदिए लाग्न सक्तैन भन्ने व्यवस्था रहेको छ । उक्त कानूनी व्यवस्थाबाट लिखत भए गरेका मितिले २ वर्ष भित्र नालेस गर्न पाउने र दुई वर्ष भित्र नालिस नदिए लाग्न सक्तैन भन्ने व्यवस्था समेत भएबाट विवाद जग्गाको २०३८।१।१७ को राजिनामाको लिखत वदर गराई पाउं भनि वादीको नालेस दुई वर्ष नघाई २०४७।१२।२६ मा परेको देखिएको छ । यसरी दुई वर्षको हदम्याद नघाई दायर भएको प्रस्तुत मुद्दा लेनदेन व्यवहारको ४० नं. भित्रको भन्न मिलेन त्यस्तो हदम्याद नघाई दायर भएको मुद्दाको औचित्यमा प्रवेश गरी रहनु पर्ने अवस्था भएन ।प्रस्तुत फिराद हद म्यादको अभावमा खारेज हुने । (प्र.नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6785 |
|---|---|
| मुद्दाको विषय | लिखत वदर । |
| निर्णय वर्ष / मिति | 2055/12/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री टोपवहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6785 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
