नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6783 · वि.सं. २०५६
नि.नं. 6783 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जग्गा नाप जांच ऐन २०१९ को दफा ११(ख) वमोजिम नेपाल राजपत्रद्वारा प्रकाशित र गठित समितिका सदस्यहरु सो समितिमा रहेको भन्ने कुरा नखुली राजनैतिक दलको प्रतिनिधिलाई समेत राखि ०५३।१०।६ देखि ऐ. १४ सम्म वैठक वसेको भन्ने निर्णय मितिको रुपमा उल्लेख भएको देखिन्छ । धेरै मानिसहरुको साविक देखिको दर्ता तिरोको हो होइन नापीमा दर्ता गराउंदा के कस्तो आधार लिइएको हो सामुदायिक वन जंगल कायम गर्दा के कति जग्गा कहिले हस्तान्तरण गरेको हो व्यक्तिको नाममा दर्ता नभई वन जंगल कायम गर्नुपर्ने आधार समेत के हो ? भन्ने आदि सम्पूर्ण कुराहरु समेत वुझी निर्णय गर्नुपर्नेमा सो गठित समितिवाट वुझी निर्णय गरेको देखिन आएन । धेरै जनाको हकमा लगभग एकै प्रकारको न्यायिक मनको प्रयोग गरि भन्ने जस्ता कुरा यान्त्रिक तवरले उल्लेख गरि निवेदकले दावी लिएको जग्गा वसोवास उपभोग समेत छ छैन ? वनले डिमार्केशन लगाएको छ छैन भन्ने कुराको समेत आवश्यक नक्सा सर्जमिन समेत गरि निर्णय गर्नुपर्ने विषयको प्रकृति देखिएकोमा सो वमोजिम वुझ्नु पर्ने कुरा वुझेको नदेखिंदा विपक्षी समितिको उपरोक्त निर्णयमा कानूनी त्रुटिपूर्ण देखिंदा उत्प्रेषणको आदेशद्वारा वदर गरि दिएको छ । अव जो जे वुझ्नु पर्छ वुझी कानून वमोजिम निर्णय गरि दिनु भनि जग्गा नापजांच ऐन, २०१९ को दफा ११(ख) वमोजिम गठित समिति विघटन भै हाल समितिको जग्गा दर्ता सम्वन्धी कार्वाही गर्ने अड्डा मालपोत कार्यालय दोलखाको नाउंमा परमादेशको आदेश समेत जारी हुने । (प्र.नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6783 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2055/12/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6783 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
