नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 678 · वि.सं. २०२९
नि.नं. 678 — उत्प्रेषण वा अन्य उपयुक्त आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भूमिसम्बन्धी नियम, २०२१ को नियम ३३।३४ अन्तर्गत लिएको ऋणलाई असुल गर्ने सम्बन्धमा नियम ३५ को उपनियम (५) अनुसार हुनुपर्ने–भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५१ (घ) प्रयोग गरी गरेको निर्णय बदर हुने । अतः भूमिसम्बन्धी नियम, २०२१ को नियम ३३,३४ अन्तर्गत लिएको ऋणलाई असुल गर्ने सम्बन्धमा नियम ३५ को उपनियम (५) अनुसार हुनुपर्ने कुरामा भूमिसम्बन्धी ऐन, ०२१ को दफा ५१(घ) प्रयोग गरी गरेको निर्णयमा कानूनी त्रुटि भएको देखिँदा ऋण लिएको सम्बन्धमा भूमिप्रशासन कार्यालय रौतहट (गौर) बाट ०२७।११।१३।५ मा गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । यो आदेशको प्रतिलिपि जानकारीको निमित्त विपक्षीकहाँ पठाउनलाई महान्यायाधीवक्ताको कार्यालयमा पठाई नियमबमोजिम गरी फायल बुझाइदिनु । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 678 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण वा अन्य उपयुक्त आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2028/07/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२९, नि.नं. 678 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
