नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6778 · वि.सं. २०५६
नि.नं. 6778 — लिखत वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादी दावा नपुग्ने भन्ने शुरु फैसला र वादीको नालेस गर्ने हकदैया नभएको भनि फिराद खारेज गर्ने गरेको पुनरावेदन अदालतको फैसलामा तात्विक भिन्नता भए नभएको कुरा मुद्दा मुद्दाको परिप्रेक्ष्यमा मात्र विचार हुन सक्ने हुन आउंछ । प्रस्तुत मुद्दाको सम्वन्धमा हेर्दा शुरु महोत्तरी जिल्ला अदालतले स्त्री अंशधनको महलको २ नं.ले छोरा नहुने विधवा स्त्रीको लागि हकवाला वा अरु कसैको मंजुरी लिनु पर्ने कानूनी वाध्यता नरहेकोले लिखत वदर गरी पाउं भन्ने वादी दावा पुग्न नसक्ने ठहर्छ भनी फैसला गरेको देखिन्छ भने पुनरावेदन अदालत जनकपुरवाट स्त्री अंशधनको २ नं. ले प्र. नागेश्वरीको छोरा नहुंदा वादीलाई नालेस गर्ने हकदैया नै नहुंदा फिराद खारेज गर्नुपर्नेमा शुरुले इन्साफ गरेको उल्टि हुन्छ । हकदैया विहीन व्यक्तिको फिराद खारेज हुने ठहर्छ भनी शुरु जिल्ला अदालतले अंगालेको स्त्री अंशधनको महलको २ नं. कै आधारमा फिराद खारेज गरेको देखिन आयो । यसर्थ जुन कानूनको आधारमा शुरुले वादी दावी नपुग्ने ठहर्याएको हो त्यहि कानूनको आधारमा पुनरावेदन अदालतले वादीको नालेस गर्ने हकदैया छैन भनी फिराद खारेज गरेवाट यी दुइ अदालतहरुको फैसलामा उद्घोषणात्मक रुपमा भिन्नता देखिएतापनि तात्विक असर केही परेको छ भन्न सकिने अवस्था भएन । अतः यस्तो अवस्थामा न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्र्तगत पुनरावेदन अदालत जनकपुरको फैसला उपर यस अदालतमा पुनरावेदन लाग्न नसक्ने । (प्र.नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6778 |
|---|---|
| मुद्दाको विषय | लिखत वदर । |
| निर्णय वर्ष / मिति | 2052/03/02 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायको राय मुनासिव ठहर्छ । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6778 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
