नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6774 · वि.सं. २०५६
नि.नं. 6774 — लिखत वदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ लेनदेन व्यवहारको १० नं मा अंश नभएको अशियारले सगोलको अचल सम्पत्ति वेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिदा ऐनले आफूखुसी गर्न पाउने अरुको मन्जुरी लिन नपर्नेमा वाहेक अरुमा एकाघरका अंशियार सवै साक्षी वसेको वा निजहरुले मन्जुरीको लिखत गरी दिएको भएमात्र पक्का ठहर्छ भन्ने कानूनी व्यवस्था छ । तर प्रस्तुत मुद्दामा पुनरावेदक वादीहरु प्र.कौमती वस्नेतसंग एकासगोलमा रहे भएको नभई छुट्टि भिन्न भैसकेको भन्ने सम्वन्धमा वादी मध्येका भीमवहादुर वस्नेतको आफ्नो भागको संपतिवाट आफ्ना छोराहरुलाई गरिदिएको वण्डा तथा वादी भीमवहादुरका छोरा द्रोण वहादुरले प्रतिवादी कौमती वस्नेतवाट अचल सम्पत्ति खरिद गरेको प्रमाणवाट समेत पुष्टि हुन्छ । तसर्थ यि वादी प्रतिवादीहरु वि.सं २०१६ सालमा नै छुट्टि भिन्न भै वण्डा पत्र समेत भइसकेको मिसिल संलग्न प्रमाण कागजवाट पुष्टि भएको देखिंदा अंश लिई छुट्टि भिन्न सकेको प्रतिवादीले आफ्नो हकको सम्पत्ति विक्री गरेकोमा छुट्टिको अंशियार यी वादीहरुले लेनदेन व्यवहारको १० नं वमोजिम सो संपत्ति फिर्ता गराई लिन नपाउने हुँदा लिखत वदर गर्ने ठहरयाएको शुरु दाङ देउखुरी जिल्ला अदालतको फैसला उल्टी हुने ठहरयाएको पुनरावेदन अदालत नेपालगंजको फैसला मिलेकै देखिदा मनासिव ठहर्ने । (प्र. नं १२) पुनरावेदक वादी तर्फवाट विद्वान अधिवक्ता श्री केदार गौतम पंत्यर्थी प्रतिवादी : x
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6774 |
|---|---|
| मुद्दाको विषय | लिखत वदर |
| निर्णय वर्ष / मिति | 2055/02/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6774 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
