नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6772 · वि.सं. २०५६

नि.नं. 6772 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादी परुवा वोहोराले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा मृतक छोरालार्इ रिठोको सप्काले २ चोट सम्म हानेको हुँ तुला वोहोरा संग झगडा हु.दा छुटयाइन भनेका देखिएता पनि अदालतमा आइ वयान गर्दा मृतकलाइ ढुंगा दाउराले हानेको होइन भनी कसुरमा इन्कार रही वयान गरेको पाइन्छ । प्रहरी चौकीमा दिएको निवेदन र जाहेरी दरखास्त समेतमा वुवा परुवा वोहोराले ढुंगा मुडकीले हिर्काएको भने अनुसार घाउ जांच केश फाराममा घाउ चोट देखिएको तर लास प्रकृति मुचुल्कामा मृतकको पिठ्यू भागमा चोट पटक भएको भन्ने देखिन नआएकोले प्रतिवादी परुवा वोहोराले छोडेको चोटवाटमृतको मृत्यु भएको देखिन आएन । तसर्थ निजको हकमा शुरु वैतडी जिल्ला अदालतले ज्यान सम्वनधीको १४ नं वमोजिम १० वर्ष कैदको सजाय हुने ठहर्‍याएको फैसला सदर गरेको पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टी भई दावीको अभियोगवाट सफाइ पाउने । सो अभियोगवाट सफाइ पाएपनि सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ को दफा २७ वमोजिम सरोकारवालले मुद्दा सकार गरेमा यसै मिसिलवाट कुटपिटमा कानून वमोजिम कारवाही गर्न प्रस्तुत मुद्दाको मिसिल शुरु वैतडी जिल्ला अदालतमा पठाई दिने । (प्र.नं २७) § प्रतिवादी तुला वोहोराको हकमा विचार गर्दा अण्डकोषमा समाती चोट पुर्‍याएको भन्ने अभियोग दावी भएकोमा कुटपिट भइसकेपछि सो कुटपिटवाट भएको घा जांच गराई पाउन परमल बोहोराले प्रहरीमा दिएको दरखास्तमा तुला वोहोराले नाभीमा जवर्जस्ती समाती शरीरको भित्री भागमा मरणासन्न अवस्थाको चोट पारेको भन्ने व्यहोरा उल्लेख गरेको छ । त्यस्तै मृतकको श्रीमती जस्मा वोहोराले दिएको जाहेरीमा सासु तुला वोहोराले गुप्तांङमा समाती निमोठेको भन्ने व्यहोरा उल्लेख भए अनुसार लाश प्रकृति मुचुल्कावाट मृतकको अण्डकोष सुनिएको भन्ने समेत देखिन आएवाट मृतकको मृत्युको कारण सोही अण्डकोष जस्तो सम्वेदनशील अंगमा पुर्‍याएको चोट नै भएको देखिन आएकोले प्रतिवादी तुला वोहोरालाई मुलुकी ऐन ज्यान सम्वन्धीको १४ नं वमोजिम दश (१०) वर्ष कैदको सजाय हुने ठहर्‍याएको पुनरावेदन अदालत महेन्द्रनगरको इन्साफ मनासिव देखिदा सदर हुने । (प्र.नं२८) पुनरावेदक प्रतिवादी तर्फवाट विद्वान अधिवक्ता श्री मोहन गिरी प्रत्यर्थी वादी श्री ५ को सरकार तर्फवाट विद्वान वरिष्ठा सरकारी अधिवक्ता श्री बलराम के.सी.

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6772
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2055/02/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6772
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्