नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6771 · वि.सं. २०५६

नि.नं. 6771 — मोही कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ भूमि सम्वन्धी ऐन, २०२१ वमोजिम मोहियानी हक वुहारिमा सर्न नसक्ने हुँदा जोत लगत कट्टा गरिनु पर्छ भनी प्रतिवादी गोतममान चिपालुले जिकिर लिएको देखिन्छ । पुनरावेदक कान्छी खत्रीले मोहीहक कायम गरी पाउँ भनी भूमि सुधार कार्यालयमा निवेदन मिति २०५२।८।१३ मा दिएको देखिन्छ । तत्काल विद्यमान भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६(१) मा मोहीले कमार्इ आएको जग्गामा मोही सम्वन्धी निजको हक निजपछि निजका पति, पत्नि वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने छ भन्ने कानूनी व्यवस्था भएको यस स्थितिमा मोहि हक पुनरावेदक वादी कान्छी खत्रीको नाममा मोही कायम हुन नसक्ने हुँदा विवादित कि.न. २२६ को जग्गामा वादीको मोहियानी हक कायम हुने शुरु फैसला उल्टी हुने ठहरयाएको पुनरावेदन अदालत पाटनको फैसला मनासिव ठहर्छ । (प्र.नं १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6771
मुद्दाको विषयमोही कायम
निर्णय वर्ष / मिति2056/01/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6771
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्