नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 677 · वि.सं. २०२९
नि.नं. 677 — उत्प्रेषणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) स्थानीय प्रशासन ऐन, ०२२ को दफा ५ श्री ५ को सरकारको पूर्व स्वीकृति नभई अञ्चलाधीशलाई प्राप्त अधिकार सहायक अञ्चलाधीशलाई प्रत्यायोजन हुन नसक्ने । माथि उल्लेख भएको आधारमा विचार गर्दा स्थानीय प्रशासन ऐन, २०२२ को दफा ५ मा उल्लेख भएअनुसार श्री ५ को सरकारको पूर्व स्वीकृति नभई अञ्चलाधीशलाई प्राप्त भएको अधिकार सहायक अञ्लचाधीशलाई प्रत्यायोजन हुन नसक्ने हुँदा सहायक अञ्चलाधीशले मिति २०२५।३।१९।३ मा गरेको निर्णय अधिकार प्राप्त गरी गरेका नदेखिँदा अनधिकृत भई सो निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर हुने ठहर्छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि एक महान्यायाधीवक्ताको कार्यालयमा पठाई नियमबमोजिम गरी फाईल बुझाई दिनु । (प्र.नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 677 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2028/04/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२९, नि.नं. 677 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
