नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6769 · वि.सं. २०५६

नि.नं. 6769 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मुलुकी ऐन ज्यान सम्वन्धीको १४ नं. मा ज्यान मार्नाको मनसमाय रहेनछ ज्यान लिनु पर्ने सम्मको इवि पनि रहेनछ लुकी चोरीकन हानेको पनि रहेनछ, उसै मौकामा उठेको कुनै कुरामा रीस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा वाहेक साधारण लाठा ढुंगा लात मुकका इत्यादि हान्दा सोही चोट पिरले ऐनका म्याद भित्र ज्यान मरेमा १० वर्ष कैद गर्नु पर्दछ भन्ने कानूनी व्यवस्था १३(३) मा उल्लेखित परिस्थिति र अवस्था प्रस्तुत वारदातमा नदेखिएको र मृतकलाई मार्ने प्रतिवादीहरुको पूर्व रीसइवीको अवस्था नरहेको र लाती मुडकी प्रहार भई मृत्यु भएकोमा ज्यान समवन्धीको १४ नं लाग्ने देखिंदा प्रतिवादीहरु सोनामसिंह गुरुङलाई दामे सिंह गुरुङ र कान्छा गुरुङलाई ज्यान संवन्धीको १३(३) नं अनुसार सजाय हुने ठहर्‍याएको पुनरावेदन अदालत समेतको फैसला उल्टी भई ज्यान सम्वन्धीको १४ नं वमोजिम जनही १० वर्ष कैद सजाय हुने । (प्र.नं. ३५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6769
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2055/12/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6769
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्