नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6765 · वि.सं. २०५६

नि.नं. 6765 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ राजिनामा रजिष्ट्रेशन पारित गरेको थैली रु.९२२५०। मध्ये ३ खण्डको २ खण्ड अर्थात थैली रु.६१५०० वदर भइसकेपछि लेनदेन व्यवहारको १० नं को व्यवस्था अनुसार लिखत वदर भए जतिको थैली ऐन वमोजिमको व्याज तथा लिखत रजिष्ट्रेशन दस्तुर समेत कपाली सरह असुल गरी लिन पाउने नै देखिन्छ । साथै व्याज के कति पाउने भन्ने सम्वनधमा सो लिखत वदर हुने ठहरी अन्तिम नभएसम्म उक्त जग्गा राजिनामा रजिष्ट्रेशन पारित गरि लिने कै हक भोगमा रहने भै लिखत वदर हुने ठहरी अन्तिम फैसला भएका मिति देखि नै व्याज लिन पाउने देखिएको र रजिष्ट्रेशन दस्तुरका सम्वन्धमा पनि जति खण्ड लिखत वदर हुन्छ सोही आधारमा नै रजिष्ट्रेशन दस्तुर भराई दिनु पर्ने । (प्र.नं ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6765
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2055/12/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6765
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्