नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6763 · वि.सं. २०५६

नि.नं. 6763 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लेनदेन व्यवहारको महलले कपाली लिखत र कपाली सरहको लिखतमा तात्विक अन्तर गरेको पाइदैन । कपाली सरह भराई लिन पाउँछ भन्ने वाक्यले कपाली लिखतमा अवलम्वन गरिने प्रकृयावाट नै भरी पाउने भन्न जनाउंछ । कपाली सरहको लिखतलाई कपाली लिखतको परिधि भन्दा वाहिर राखेको देखिदैन कपाली सरह भरी पाउने भन्ने शव्दावलीले भरी पाउने सम्वन्धी सवै कुरालाई अंगाल्ने हुँदा हदम्यानलाई मात्र वाहेक गरेको अर्थ गर्न मिल्दैन । तसर्थ कपाली सरहको लिखतमा पनि कपाली लिखतमा आकर्षित हुने लेनदेन व्यवहारको २ नं. नै आकर्षित हुने भई नालिश गर्न १० वर्षको हदम्याद लाग्ने हुँदा त्यस्तोमा लेखिए देखि वाहेकको अवस्थालाई संकेत गर्ने लेनदेन व्यवहारको ४० नं ले निर्धारित गरेको २ वर्षको हदम्याद नलाग्ने । (प्र. नं. १५) § हदम्यादको गणना कहिले देखि गर्ने भन्ने सम्वन्धमा विचार गर्दा विवादित लिखत सम्वन्धी मुद्दाको अन्तिम दुङ्गो लागेपछि मात्र पारित हुने नहुने भन्ने कुराको जानकारी हुने भई तत्पश्चात सो निर्णय अनुसारको प्रकृया पक्षले अवलम्वन गर्नुपर्ने र मुद्दा अन्तिम टुङ्गो लाग्ने समयावधी भने पक्षको अधिनमा नहुने हुँदा लिखत मितिलाई नै हदम्यादको गणना हुने मिति भन्दा कपाली सरह भरी पाउने नालिस गर्ने म्याद व्यति भैसकेको अवस्था पनि पर्न सक्दछ । यसवाट पारित हुने लिखत कपाली सरह भएको वा कपालीमा परिणत भएको मितिलाई नै नालिश गर्नुपर्ने हदम्याद शुरु हुने मिति मान्नु कानूनसम्मत औचित्यपूर्ण एवं न्यायोचित्त समेत देखिने । (प्रं.नं १६) § केशरवहादुर राजभण्डारी विरुद्ध पूण्य विक्रम राणा भएको कपाली सावा व्याज समेत भराई पाउँ भन्ने मुद्दामा लिखित पारित हुन नसकी कपाली सरह भएकोमा लेनदेन व्यवहारको ४० नं ले २ वर्षको हदम्याद कायम गरेको तीन जना न्यायाधीश रहेको पूर्ण इजलासको सिद्धान्त (ने.का.प. २०४८ अंक १२, नि.नं. ४४३६ पृष्ठ ८५४) संग सहमत हुन सकिएन । लिखत पारित नभई कपाली सरह भएको मितिवाट १० वर्षको हदम्याद कायम गरी वादीले सांवा व्याज भरी पाउने ठहर्‍याएको शुरु सप्तरी जि.अ.का् इन्साफ सदर गरेको हदसम्मको तीन जना न्यायाधीश रहेको पूर्ण इजलासवाट मिति २०५५।५।१९ मा भएको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6763
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2056/01/23
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य | माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल | माननीय न्यायाधीश श्री ज्ञाइन्द्रवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको रायसंग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको रायसंग म सहमत नहुँदा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०५१।८।९ को फैसला ।
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6763
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्