नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 675 · वि.सं. २०२९

नि.नं. 675 — जग्गा निखनाइ पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) चोरी भएको भन्ने एउटा हुलिया दर्खास्त दिँदैमा कायम हुन नसक्ने, राजीनामा लिखत चोरी भएको भए नालिस दिई अर्को राजीनामा गराइलिन पर्ने । राजीनामा भन्ने प्रतिवादीको मुख्य जिकिर भएकोमा राजीनामा लिखत पेश दाखिल गर्न नसकी १७ साल चैत ४ गते चोरी भएको भनी ०१७।१२।७।२ मा हुलिया दर्खास्त दिएको प्रमाणमा आएको देखियो, चोरी भएको भन्ने कुरामा एउटा हुलिया दर्खास्तसम्म दिँदैमा चोरी भएको कायम हुन नसक्ने दर्ता आफ्नो नाममा भई नसकेको जग्गामा आफ्नो हक देखाउने मुख्य राजीनामा लिखत चोरी भएको भए चोरी भएको पक्का प्रमाण पुर्‍याई अर्को राजीनामा गराइपाउँ भनी तत्काल प्रचलित साहू आसामीको १ नं. बमोजिम नालिस दिई अर्को राजीनामा गराई लिन सक्नुपर्ने सोअनुसार भए गरेको देखिन आएन । (प्रकरण नं. १२) (२) बन्धकी भन्ने दावी परेकोमा तिरो तिरेको रसिदको आधारले मात्र जग्गामा साहूको हक पुग्ने भन्न नमिल्ने । राजीनामा पेश हुन नसके पनि झगडा परेको जग्गाको धेरै बर्ष अघिदेखिको तिरो तिरेको रसिद मेरो पक्षबाटै पेश हुन आएको त्यसमा मेरो पक्ष खड्गबहादुरलाई नै रैती भनी निजकै हकभोगको जग्गा भन्ने जनाएको ऐनको म्यादभित्र उजूर गरी वादीले आफ्नो हक कायम गराउन नसकेको समेत हुनाले भोग तिरोको रसिदबाटै पनि मेरो पक्षको हक कायम हुने भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताले वहसमा जिकिर लिनुभएको हकमा बन्धकीमा साहूले भोग गरेको जग्गाको तिरोभरो साहूबाटै हुने भई सो नाताले तिरो तिरेको रसिदमा उपरोक्त उल्लेख भएबमोजिम जनिन सक्छ । बन्धकी भन्ने दावी परेकोमा तिरो तिरेको रसिदको आधारले मात्र जग्गामा साहूको हक पुग्ने भन्न मिल्दैन । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.675
मुद्दाको विषयजग्गा निखनाइ पाउँ
निर्णय वर्ष / मिति2029/10/03
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिह
उद्धरण सन्दर्भने.का.प. २०२९, नि.नं. 675
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्