नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 674 · वि.सं. २०२९
नि.नं. 674 — करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मौकैमा उजूर नगरी आफ्नो छोरा होइन भन्ने गराउन नसकी चुप लागी बसेकोमा, साक्षीकोमात्र आधार लिई अन्य प्रमाणको अभावमा छोरा नठहराउनु न्यायसंगत नहुने । खास गरी आफ्नो स्वास्नी अर्कोसँग पोईल गएकी कायम भई छोरा जातक यसको भन्ने ठेगाना लागी सकेको अवस्थामा आफू जमामर्द बन्न जारी खतमा सजाय नगराई त्यसै छाड्न सकिने कुरा हो । माईत गई बसेकी स्वास्नीले छोरो जातक जन्माएकी छ र सो छोरो आफ्नो होइन भन्ने मौकैमा त्यसको ठेगाना नलगाएपछि आफूलाई बाबु भनी अंशसमेतमा दावी गर्न आउने समेत बचाउको लागि सो छोरो जातकको ठेगाना लगाउन र आफ्नो गहना धनमाल समेतमा कानूनबमोजिम मौकैमा उजूर नगरी चुप लागि बस्न पर्ने अवस्था देखिन पनि आउँदैन । वादीका साक्षीहरूले प्रतिवादी भिमबहादुरकै छोरा जातक हो भनी बकपत्र गरेको ती साक्षीहरूले घुस खाई झुट्टा बकेको हुँदा सजाय गरी बकपत्र बदर गरीपाउँ भन्ने दावी लिई प्रतिवादीले छुट्टै नालिस दिएकोमा घुस खाई झुट्टा बकेको नठहरी फैसला भएको देखिन्छ । मेरो पक्षका ४६ जना साक्षीले भिमबहादुरको छोरो जातक होइन भनी बकेको छन् । त्यतिका साक्षीको बकाईलाई साँचो नमानी वादीका ४ जना साक्षीको बकाईको आधारमा मेरा पक्षकै छोरा जातक ठहराउन नमिल्ने भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताको अर्को बहस जिकिर हकमा मुख्य प्रतिवादीले मौकैमा कानूनबमोजिम उजूर गरी आफ्नो छोरा जातक होइन भन्ने कार्य गराउन नसकी छोरा ७ वर्षको हुँदासम्म चुप लागी बसेको कुरामा प्रतिवादीका ४६ जना साक्षीले भिमबहादुरको छोरो जातक होइन भनी बकेको भन्नेसम्म आधारमा अन्य प्रमाणको अभावमा प्रतिवादीको छोरा जातक नठहराउनु न्यायसंगत हुँदैन । वादीेले अंशमा नालिस गरी सकेपछि मात्र मेरो छोरा जातक होइन भिनाजु करवीरसँग पोइल गइसकेकी स्वास्नी हो भनी प्रतिवादीले जिकिर उठाउनुको खास कारण पछि चित्त नमिली माईत गई बसेकी स्वास्नी र निजबाट जन्मेको छोरो समेतलाई अंश नदिई पन्छाउने नियत गरेको, करणी धनमाल समेतमा मौकामा आफूले उजूर नगरेकोबाट प्रतित हुन्छ । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 674 |
|---|---|
| मुद्दाको विषय | करणी |
| निर्णय वर्ष / मिति | 2029/02/17 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२९, नि.नं. 674 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
