नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6737 · वि.सं. २०५६
नि.नं. 6737 — जग्गा खिचोला चलन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रस्तुत विवादमा वादीले विवादित घर जग्गा फैसला भए पश्चात आफूले भोग चलन गरी रहेको भन्ने दावी लिएको र सो भनाइलाई वादीका साक्षी सुकदेव साह कानु समेतको वकपत्रबाट पुष्टि भएको पाइन्छ । दण्ड संजायको ४३ नं. मा उल्लेख भएका कानूनी प्रावधानबाट समेत वादीले जिती पाएको वस्तु भोग चलन गर्न जांदा नदिएमा मात्र वादीले पुनः अदालतमा गै दरखास्त दिनु पर्ने कानूनी व्यवस्था भएको देखिन्छ । सो वस्तु वादीले चलन गर्दा जांदा चलन गर्न दिएमा अदालतमा चलन चलाई पाउं भनी दरखास्त दिनु पर्ने अवस्था नदेखिंने । (प्र.नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6737 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला चलन । |
| निर्णय वर्ष / मिति | 2056/03/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6737 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
