नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6736 · वि.सं. २०५६
नि.नं. 6736 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मौकामा देख्ने चश्मदिंद जाहेरवालाको किटानी जाहेरी र सो जाहेरीलाई अदालतमा आई गरेको वकपत्रबाट समर्थन भएको सन्तलालले प्रहार गरेको खुंडाबाट ढाडमा लागि स्वयं पनि घाइते भएका प्रत्यक्षदर्शक सुर्यलाल श्रेष्ठको सन्तलालले खुडाले मृतकलाई हानेको किटानी कागज र अदालतमा आई गरेको वकपत्र, सर्जमिनका प्रत्यक्षदर्शीको सन्तलालले नै सुर्यभक्तलाई खुंडाले हानेको कारणबाट मृत्यु भएको भन्ने भनाइ सर्मिर्थत भएको बकपत्र भई यी चश्मदिदं व्यक्तिको भनाइलाई शव परीक्षण प्रतिवेदनबाट पुष्टि भइरहेको पाइन्छ भने निजले अदालतमा आई गरेको इन्कारी वयान समर्थित हुन सकेको छैन । यि पुनरावेदक प्रतिवादी सन्तलाल पोडेले खुडांजस्तो जोखिमी हतियारले टाउको जस्तो संवेदनशिल अंगमा प्रहार गरि सोहि कारणबाट मृतक सुर्यभक्त श्रेष्ठलाई कर्तव्यबाट मारी निजले ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिमको कसुर गरेको देखिने । (प्र.नं. ३५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6736 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2055/10/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री टोपबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6736 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
