नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6735 · वि.सं. २०५६
नि.नं. 6735 — मिलापत्र वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादी हिरादेवीले दायर गरेको उल्लेखित मुद्दाहरु यी वादी काशीनाथ सुकुलले दायर गरेको मुद्दाहरुको आधारमा हेर्न र सो मा इन्साफ गर्न नसकिने भन्न सकिने अवस्था पनि देखिदैन। त्यसमा पनि पुनरावेदन अदालत हेटौडाको मिति २०४८।९।११ को फैसलाले हक वेहकमा न्याय, इन्साफ गरेको अवस्था नभै इन्साफको लागि पठाउने सम्म गरेको देखिएको र शुरु र पुनरावेदन अदालतले अलग अलग व्यक्तिहरुको परेको फिरादमा अलग अलग निर्णय गरेको देखिंदा शुरुले र पुनरावेदनले गरेको काम कारवाइलाई अन्यथा हो भनी भन्न मिल्ने अवस्था नदेखिने । (प्र.नं. १८) § अन्यथा प्रमाणित नभएसम्म मठ मन्दिर सार्वजनिक सरोकारको विषय हुने कुरामा विवाद गर्न नसकिने भएपनि प्रस्तुत मुद्दामा प्रत्यर्थी वादी उक्त मन्दिरको पुजारीको हैसियतवाट भनी फिराद लिई अदालत प्रवेश गरेको पाइन्छ । गुठी मठ मन्दिरको सम्पत्ति गुठी राख्नेको भावना अनुकुल यथावत कायम राख्नु त्यस्तो सम्पत्तिको रेखदेख गरी हिनामिना हुन नदिनु सो गुठी संचालकको शर्त अनुरुप गुठी संचालन गर्ने समेतको कार्यको जिम्मेवारी लिएका व्यक्तिको व्यक्तिगत दायित्व पनि समाहित रहेको हुन्छ । निजी गुठीको संचालकको हैसियतले आएको अवस्थामा फिराद गर्न अड्डाको अनुमती लिइरहनु पर्दछ भन्ने उक्त ऐनको मनसाय रहेको पनि पाइदैन । सार्वजनिक रुपमा रहेको अवस्थामा पनि सार्वजनिक प्रश्नहरुमा अदालत प्रवेश गर्न नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८(१) ले जो सुकै व्यक्तिलाई ढोका खुला राखेको परिप्रेक्ष्यमा सार्वजनिक धर्मकृति फैलाउने र सार्वजनिक सम्पत्तिको सुरक्षाको हीत रक्षार्थ फिराद परी अड्डामा दर्ता भै सके पश्चात केवल अनुमति नलिएको भन्ने सम्म को झिनो आधारमा मुद्दामा कारवाही किनारा नै गर्न नमिल्ने भन्ने अवस्था रहदैन । तसर्थ अनुमती नलिएकोले वादीलाई प्रस्तुत फिराद गर्ने हकदैया नरहेको भन्ने पुनरावेदक तर्फका विद्वान अधिवक्ताको जिकिरसंग सहमत हुन नसकिने । (प्र.नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6735 |
|---|---|
| मुद्दाको विषय | मिलापत्र वदर । |
| निर्णय वर्ष / मिति | 2055/09/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6735 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
