नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6733 · वि.सं. २०५६
नि.नं. 6733 — खिचोला हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराका छोरा भएसम्म छोरीले अपुताली पाउंदैन । त्यस्ता कोही नभए छोरीले अपुताली पाउंदछ । छोरी नभए मात्र संग वसेका हकवाला भए त्यस्ता हकवालाले र त्यस्ता हकवाला नभए अरु हकवालाले अपुताली पाउंछ भन्ने व्यवस्था अपुतालीको २ नं. ले गरेको पाइन्छ । उल्लेख भए वमोजिम मृतक वुद्धिलाल र कृष्णलालको स्वास्नी छोरा वा छोराका छोरा रहे भएको देखिन आएन । विवादको विषय अपुतालीबाट कस्लाई हक सर्ने भन्ने नै रहेको देखिन आएकोले र उल्लेखित कानूनी व्यवस्थाबाट मर्नेको छोरा वा छोराको छोरा नभएमा छोरीमा अपुताली सर्न जाने भएबाट वादी दावी वमोजिम वादीको नाउंमा हक कायम समेत हुने ठहराएको शुरु सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6733 |
|---|---|
| मुद्दाको विषय | खिचोला हक कायम |
| निर्णय वर्ष / मिति | 2055/11/21 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6733 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
