नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6731 · वि.सं. २०५६
नि.नं. 6731 — परमादेशयुक्त उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ नेपाल अधिराज्यको संविधानको धारा १२(२)(ग) ले नेपाली नागरिकलाई संघ र संस्था खोल्न पाउने स्वतन्त्रताको हक प्रदान गरेको छ । साधारण नेपाली नागरिकले प्राप्त गर्ने स्वतन्त्रता र श्री ५ को सरकार अन्तर्गत गठित निकाय, संघ, संस्था अन्तर्गत कार्यरत कर्मचारीको हैसियतमा केहि भिन्नता हुन्छ । सम्वन्धित सेवाको ऐन तथा नियमले तोकेको परिधिभित्र रहेर त्यस्ता कर्मचारीको कार्य संचालित तथा निर्देशित हुन्छ । त्यस्तो सम्वन्धित सेवाको जिम्मेवारी वहन गर्नु पर्ने अधिकृत कर्मचारीले सम्वन्धित सेवाको ऐन नियम विपरित सेवा सम्वन्धी आचरण भन्दा वाहिर गई साधारण नागरिकले सरह संघ संगठन खोल्नु वा त्यसको सदस्य बन्नु र अनियन्त्रित एवं बन्देज मुक्त स्वतन्त्रताको दावी गर्नु न्यायोचित हुने भन्न नमिल्ने । (प्र.नं. १२) § वाणिज्य वैंक ऐन, २०३१ को दफा ५२ ले वाणिज्य वैंक ऐन र सो ऐन अन्तर्गत बनेका नियमहरुमा लेखिएकोमा सोही वमोजिम र अरुमा प्रचलित कानून वमोजिम हुने छु भन्ने व्यवस्था रहेको देखिन्छ । उक्त व्यवस्थालाई दृष्टिगत गर्दा ट्रेड युनियन ऐन र नेपाल वैंक लिमिटेड कर्मचारी नियमावली बाझिएको अवस्थामा नेपाल वैंक कर्मचारी नियमावली नै लागु हुने । (प्र.नं. १४) § नेपाल वैंक लिमिटेड कर्मचारी नियमावली, २०४८ को नियम ७.११, ट्रेड युनियन ऐन, २०४९ तथा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२(२)(ग) संग बाझिएको भन्न मिल्ने अवस्था नदेखिनुका साथै निवेदकहरु जस्ता अधिृकतस्तरका कर्मचारीहरुलाई कर्मचारी वर्गको संघ संस्थामा भाग लिन र मतदान गर्न नपाउने गरी रोक लगाएको कार्यलाई कानून प्रतिकूल भन्न नमिल्ने । (प्र.नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6731 |
|---|---|
| मुद्दाको विषय | परमादेशयुक्त उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2055/11/21 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा | माननीय न्यायाधीश श्री दिलीप कुमार पौडेल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6731 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
