नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6728 · वि.सं. २०५६

नि.नं. 6728 — ज्यान मार्ने उद्योग ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीले घातक एवं धारिलो हतियार प्रहार गरेको भन्ने पुष्टि हुन नआएको पिडित मर्ने अवस्था सम्म पुगेको भन्ने नदेखिएको र पिडित के कस्तो अवस्था परी मर्न पाएको रहेनछन भन्ने समेत खुल्न नआई चोट पटक सम्म लागेको भन्ने देखिन आएको स्थितिमा अभियोग दावी लिएको वारदातमा ज्यान सम्वन्धी महलको १५ नं. को अवस्थाको विद्यमानता थियो भनी मान्न सकिने अवस्था नदेखिंदा कानको लोती सम्म काटिन पुगेको र मध्यम खालको चोट पुगेको अवस्थालाई ज्यान मार्ने उद्योग ठहराएको शुरु लमजुङ जिल्ला अदालतको इन्साफ त्रुटीपूर्ण देखिंदा उल्टी गरी प्रतिवादी गोकुल गुरुङलाई अभियोग दावीबाट सफाइ पाउने ठहराई वारदात एवं प्रहरी प्रतिवेदन दाखिल हुंदा कायम रहेको साविक सरकारी मुद्दा सम्वन्धी ऐन, २०१७ को दफा ७(क) वमोजिम प्रस्तुत मुद्दालाई कुटपिटमा परिणत गरी जाहेरवाला पक्षले चाहेमा कुटपिटतर्फ कारवाही चलाउन भनी गरेको फैसला मनासिव देखिंदा सदर हुने । (प्र.नं. १४) वादी तर्र्फवाटः

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6728
मुद्दाको विषयज्यान मार्ने उद्योग ।
निर्णय वर्ष / मिति2055/09/09
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6728
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्