नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6725 · वि.सं. २०५६

नि.नं. 6725 — सवारी ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादी घनश्याम श्रेष्ठले आफुले हाकी रहेको ट्रकको पछाडि पट्टीको दाहिने साइडको चक्काले च्यापिई केशव विक्रमको मृत्यु भएको हो भनी अधिकार प्राप्त अधिकारी र अदालतमा समेत सावित छन् । निज प्रतिवादी घनश्याम श्रेष्ठ सिकारु चालक भएको कुरा निजको सवारी चालक प्रमाण पत्रबाट देखिएको र रङ साइडमा मानिस मर्छ भन्ने जानी जानी लापरवाही गरी ट्रक चलाई आफ्नो साइडबाट आइरहेको वच्चालाई ठक्कर दिई वच्चाको मृत्यु भएको देखिन्छ भने जाहेरवाला शेर बहादुर चन्दले प्रतिवादीले जानी जानी वेसाइड तर्फ गाडी हांकी छोरा केशव विक्रम चन्दलाई ठक्कर दिई मृत्यु भएको हो भनी जाहेरीलाई समर्थन हुने गरी वकपत्र गरेको समेतबाट प्रतिवादी घनश्याम श्रेष्ठले वेसाइडमा ट्रक चलाई मृतक वच्चालाई ठक्कर दिई किची मृत्यु भएको पुष्टि हुंदा निजलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सर्वश्वसहित जन्मकैद हुने र प्रतिवादी सिकारु लाइसेन्स प्राप्त चालक समेत भएको परिपे्रक्ष्यमा कानून वमोजिमको सजाय गर्दा चर्को हुने भई निजलार्ई तजविजी कैद वर्ष ५ (पांच) गर्ने पुनरावेदन अदालत महेन्द्रनगरको साधक राय समेत मनासिव देखिने । (प्र.नं. १७) वादी तर्र्फवाटः

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6725
मुद्दाको विषयसवारी ज्यान ।
निर्णय वर्ष / मिति2055/04/06
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6725
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्