नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6723 · वि.सं. २०५६
नि.नं. 6723 — जिउमास्ने वेच्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादी गीता परियारले अदालतमा वयान गर्दा कसुरमा इन्कारी वयान गरेतापनि मौकामा अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा कसुर गरेकोमा सावित रहेको देखिन्छ । वेश्यावृत्तिमा लगाइएको व्यक्तिहरु ललिता र कोपिलाको जिउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ६ को उपदफा (१) वमोजिम भएको वयान उपदफा (२) वमोजिम जिल्ला अदालतबाट प्रमाणित गराएको पनि देखियो । यस्तो प्रमाणित वयान झुठ्ठा हो भन्ने प्रमाण अभियुक्तले पुर्याउनु पर्ने जिउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७ को उपदफा (२) ले प्रष्ट गरेको छ । बुझिएका व्यक्तिहरुको वकपत्र व्यहोरा समेतबाट प्रतिवादीले कसुर गरेको भन्ने पनि देखिएको छ । प्रतिवादी तर्फबाट उल्लेखित वयान व्यहोरा झुठ्ठा हो भन्न सकिने प्रमाण समेत गूजार्न सकेको नदेखिएकोले समेत पुनरावेदन अदालत विराटनगरले प्रतिवादी गीता परियारलाई अभियोग दावी वमोजिमको कसुर गरेको ठहर्याई सजाय गरेको इन्साफ मिलेको देखिंदा मनासिव ठहर्ने । (प्र.नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6723 |
|---|---|
| मुद्दाको विषय | जिउमास्ने वेच्ने |
| निर्णय वर्ष / मिति | 2055/12/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6723 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
