नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6722 · वि.सं. २०५६
नि.नं. 6722 — लागु औषध ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा (३)(क) को ६(क) मा अफिम तथा कोकाको सारतत्व मिश्रण वा लवण समेत मिसाई तयार गरिने पदार्थलाई लागु औषध भनी औषधिको परिभाषा भित्र समेटेको पाइन्छ भने भाग ३ मिति २०५१।२।२ को राजपत्रमा पनि साविक वमोजिम फेन्सिडिललाई लागु औषध कै परिभाषा भित्र कायमै राखी मात्राको सम्वन्धमा थप व्यवस्था सम्म उल्लेख गरेको पाइदा सो फेन्सिडिललाई ०५१।२।२ को राजपत्रमा प्रकाशित सूचना भन्दा अगाडि लागु औषधको परिभाषा भित्र नपरेको भनी भन्न र मान्न नमिल्ने । (प्र.नं. १८) § प्र. सुरेन्द्र सिंह राजपुतले अदालतमा आइ वयान गर्दा देखाइएको फेन्सिडिल आफुबाट वरामद नभएको र आफुले उक्त कसुर नगरेको भनी वयान गरेको भएता पनि सो को पुष्टि समर्थन हुने गरी कुनै ठोस प्रमाण प्रस्तुत गर्न सकेको देखिदैन । यस्तो स्थितिमा निज प्रतिवादी सुरेन्द्र सिंह राजपुतले आरोपित कसुर गरेको होइन भनी भन्न र मान्न नमिल्ने । (प्र.नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6722 |
|---|---|
| मुद्दाको विषय | लागु औषध । |
| निर्णय वर्ष / मिति | 2055/11/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6722 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
