नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6717 · वि.सं. २०५६
नि.नं. 6717 — उत्प्रेषण समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निजामती सेवा ऐन, २०४९ अन्तर्गत रहेको राजपत्रांकित तृतीय श्रेणीका मेडिकल अधिकृत, डेण्टल अधिकृत, अधिकृत कविराज र एकिकृत चिकित्सा अधिकृतलाई अधिकृत सातौं तहमा तह मिलान गर्ने कानूनी व्यवस्था भएकोमा नै निवेकदहरुको मुख्य आपत्ति रहेको देखिन्छ । माथि उल्लेख भए अनुसार शुरु नियुक्ति हुंदा नै अधिकृत सातौं तहको पदमा नियुक्ति हुने योग्यता प्राप्त व्यक्तिहरु राजपत्रांकित तृतीय श्रेणीमा कार्यरत रहेकोमा निजहरुको हकमा समेत पांच वर्षको सेवा अवधीको हिसावबाट पांच वर्ष भन्दा कम सेवा अवधीका अधिकृतलाई छैठौं तहमा र पांच वर्ष सेवा अवधी भएका अधिकृतलाई सातौं तहमा तह मिलान गर्ने हो भने झन असमान व्यवहार हुन जाने स्थितिको सिर्जना हुन्छ । यस स्थितिमा राजपत्रांकित तृतीय श्रेणीमा कार्यरत मेडिकल अधिकृत, डेण्टल अधिकृत, अधिकृत कविराज र एकिकृत चिकित्सा अधिकृतहरुलाई शैक्षिक योग्यताको आधारमा तह मिलान गरिएको कार्य कानून प्रतिकुल देखिन आउंदैन । साथै नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ८९ मा ूयो ऐन लागु हुनु अघि निजामती सेवा ऐन, २०४९ र सो अन्तर्गत वनेका नियमहरु वमोजिम नेपाल स्वास्थ्य सेवाको समुह वा उपसमुहमा वहाल रहेका सवै कर्मचारी यो ऐन अनुसार गठित नेपाल स्वास्थ्य सेवाको तत् तत् समुह र उपसमुहमा स्वतः परिवर्तन भई वहाल रहेको मानिनेछु भन्ने प्रावधान रहेबाट पनि निवेदकहरुले निजामती सेवा ऐन, २०४९ अनुसारको दावि लिन नमिल्ने । (प्र.नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6717 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत |
| निर्णय वर्ष / मिति | 2055/09/30 |
| अदालत / इजलास | विशेष इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6717 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
