नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6716 · वि.सं. २०५६

नि.नं. 6716 — नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(१)(२) वमोजिमको आदेश जारी गरी वाझिएको कानून अमान्य वदर गरी पाउं ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रहरी नियमावली, २०४९ को परिच्छेद १० अवकास उपदान र निवृत्तिभरण मुल शीर्षक अन्तर्गतको नियम ११० को उपनियम (१) मा यस परिच्छेदको प्रयोजनको निमित्त नोकरी अवधिको गणना गर्दा शाही नेपाली सेना वा प्रहरी सेवा वा पदमा स्थायी नियुक्त भई नोकरी गरेको जम्मा अवधि (वीचमा टुटेको भए सो टुटेको अवधि कटाई) लाई गणना गरिने छ भन्ने व्यवस्था गरेको पाइन्छ । सो व्यवस्थाले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२(२)(ङ) ले व्यवस्था गरेको कुनै पेशा, रोजगार, उद्योग र व्यापार गर्ने गरी प्रदत्त मौलिक हक अपहरण गरेको वा सो उपर अनुचित वन्देज कसरी लगाइएको हो सो कुरा निवेदकले उल्लेख गर्न सकेको पाइदैन । उल्लेखित स्वतन्त्रतामा धारा १२ को उपधारा २ को प्रतिवन्धात्मक व्यवस्थाको ५ ले शर्त र योग्यता तोक्ने गरी कानून वन्न सक्ने कुरालाई रोक लगाएको देखिंदैन । प्रहरी नियमावली २०४९ प्रहरी सेवामा रहेको कर्मचारीको सेवा सम्वन्धको कुरालाई लिएर व्यवस्था गरेको देखिंदा सो नियमावलीको नियम ११०(१) ले काम नगरेको अवधि नजोड्ने गरी भएको व्यवस्थाले निवेदकको स्वतन्त्रतामा आघात पुर्‍याएको तथा सो व्यवस्था नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२(२)(ङ) संग वाझिएको भन्न मिल्ने देखिएन । यस्का अतिरिक्त धारा ८८(१) अन्तर्गत प्रहरी ऐन, २०१२ को दफा ३९ संग सो नियमको व्यवस्था वाझिएको भन्न सकिने अवस्था पनि देखिएन । तसर्थ उल्लेखित नियमावलीको व्यवस्था संविधानको व्यवस्थासंग वाझिएको नदेखिंदा माग वमोजिम आदेश जारी गर्न नमिल्ने । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6716
मुद्दाको विषयनेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(१)(२) वमोजिमको आदेश जारी गरी वाझिएको कानून अमान्य वदर गरी पाउं ।
निर्णय वर्ष / मिति2055/09/16
अदालत / इजलासविशेष इजलास
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6716
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्