नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6715 · वि.सं. २०५६
नि.नं. 6715 — उत्प्रेषण लगायतको उपयुक्त रिट आज्ञा आदेश जारी गरी पाउं ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ दफा ९ मा रहेको सानो कारोवार गर्ने व्यवसायीलाई छुट सम्वन्धी व्यवस्था बाहेक अन्य कुनै पनि व्यवस्थाले कसैलाई कम सुविधा र कसैलाई वढी सुविधा प्रदान गरको अवस्था छैन र ती व्यवस्थाहरु केवल प्रकृया निर्धारण सम्ममा सिमित रहेको देखिएको हुंदा त्यसरी कार्यविधि निर्धारण गर्ने कानूनी व्यवस्थाबाट संविधान प्रदत्त समानताको हकमा आघात पुगेको मान्न नसकिने । (प्र.नं. ९) § धार्मिक एवं परोपकारी संस्थाहरुले त्यस्तो कर लाग्ने कारोवारमा संलग्न नरहेको अवस्थामा मुल्य अभिवृद्वि करको भार बहन गर्न पर्ने अवस्था रहदैन । धार्मिक संस्थामा दान दातव्य भेटी इत्यादि दिने कार्यलाई ऐनको दफा २(छ) तथा ५(१) बमोजिम संस्थाले आयात तथा आपुर्ति गरेको वस्तु वा सेवा भन्न सकिने अवस्था नभई त्यस्तो कार्य व्यक्तिले श्रद्धा तथा भावनाका अधिनमा रही गर्ने हुंदा त्यस्तो कार्य मुल्य अभिविद्वि कर लाग्ने कारोवार भित्र पर्दछ भन्न मिल्दैन । यस स्थितिमा संविधान प्रदत्त धर्म सम्वन्धी हकको प्रयोगमा मुल्य अभिवृद्वि कर ऐनको दफा २(ठ) वाधक बनेको छ भन्ने निवेदन जिकिरसंग सहमत हुन सकिएन । कुनै कानून संविधानसंग वाझिएकोले अमान्य र बदर घोषित गरी पाउं भन्ने जिकिर लिने निवदेकले बाझिएको भन्ने कुरा स्पष्टतः औल्याउन सक्नु पर्नेमा निवदेन एवं वहस जिकिरहरुमा समेत त्यसरी स्पष्ट पार्न सकेको देखिंदैन । अप्रत्यक्ष रुपमा वाझिएको वा व्यवहारबाट असमान भएको भन्ने कुराले मात्र कुनै कानून संविधान सम्मत छैन भनी भन्न नमिल्ने । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6715 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायतको उपयुक्त रिट आज्ञा आदेश जारी गरी पाउं । |
| निर्णय वर्ष / मिति | 2055/09/02 |
| अदालत / इजलास | विशेष इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6715 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
