नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 670 · वि.सं. २०२९

नि.नं. 670 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) तत्काल प्रचलित अ.बं.१८१ नं.र प्रचलित १३९ नं.—कस्तो व्यक्ति पेटबोलीको परिभाषा भित्र पर्ने ? तत्काल प्रचलित अ.बं.१८१ नं.र प्रचलित १३९ नं.मा रहेको व्यवस्थाले वादी प्रतिवादीका पेटबोलीबाट मानिस बुझ्न हुने र त्यसलाई प्रतिवादी सरह देखिए प्रमाणसमेत खुलाई बयान लिनुपर्ने व्यवस्था भएको छ पेटबोलीको मानिस भने कस्तो हुन्छ भनी पहिल्याउँदा वादी वा प्रतिवादीले जोमाथि दायित्व देखाएका छन्, त्यो बाट जम्मै वा केही दायित्व हस्तान्तरणबाट पाएको व्यक्ति देखिन आउनेछ । प्रतिवादीले आफू माथि रहेको दायित्व अरु माथि सबै वा केही सरेको भनी देखाएको भए मुख्य प्रतिवादी माथि दायित्वको भार रहेको हो भनी प्रमाणित गरेपछि मात्र निजबाट दायित्व सबै वा केही सरेको हो होइन भनी भन्न सकिन्छ । लखबन्धकको आसामी वा बण्डापत्र गरेको अंशियार यसको उदाहरण हो जसबाट एकको गोलभित्र अर्को पर्न गएको हुनुपर्छ र पेटबोलीको मानिस हुन्छ । यदि दायित्व भएको व्यक्तिउपर फिराद परेको छैन भने फेरि अर्को प्रतिवादी अदालतले खडा गरेको मौका वादीलाई हुँदैन । कालान्तरमा दावी लाग्दैन । त्यसरी पेटबोलीबाट बुझेका व्यक्तिहरू सबूद वा प्रतिवादी हुन सक्छन् । वादीकै पेटबोलीबाट बुझेको भए पनि वादी हुन सक्दैन । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.670
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2027/12/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
उद्धरण सन्दर्भने.का.प. २०२९, नि.नं. 670
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्